अर्थमन्त्री–अमेरिकी राजदूत भेट

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेल र अमेरिकी राजदूत र्याण्डि डब्लु बेरीबीच आज भेटवार्ता भएको छ । भेटमा अर्थमन्त्री पौडेलले नेपाल र अमेरिका बीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिका सरकारले नेपालको विकासमा निरन्तर गर्दै आएकोसहयोगको लागि धन्यवाद दिए ।
मन्त्री पौडेल र राजदूत बेरीबीच द्विपक्षीय आर्थिक सहयोग, कोभिड –१९ महामारीको नियन्त्रण र सो पछिको आर्थिक पुनरुत्थानमा हुने सहयोग लगायतका विषयमा छलफल भएको थियो । बेरीले अमेरिकाबाट प्राप्त हुने सहायता कोरोना भाइरस नियन्त्रणमा केन्द्रित गरेको उल्लेख गर्दै अमेरिका सरकारले आगामी दिनमा नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत् दिन लागेको ५० करोड अमेरिकी डलर सहायता कार्यान्वयन गर्ने अर्थ मन्त्रालय मातहतको मिलेनियम च्यालेन्ज एकाउन्ट, नेपाल भएकाले अर्थ मन्त्रालय एमसीसी सहयोग कार्यान्वयनको केन्द्रीय निकाय हो ।

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

Midea ले ल्यायो 10 Years Magnetron Warranty र Inverter Quattro टेक्नोलोजी …

बिगमार्टमा एससीटीको ‘स्मार्ट जुलाई अफर’: युपीआई कार्डमार्फत भुक्तानी गर्दा १० प्…

ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_FXk3yVYJJl_cbfcwj1s7raiikcntev1kfkfwosy8zwrkoh1dhmvluswycyryere96nc0rzo.jpg)
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

प्रतिक्रिया