'पार्टी विभाजनको कुनै औचित्य छैन'

काठमाडौं : राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नेकपा विभाजनको कुनै औचित्य नभएको बताएका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै गौतमले विभाजनको औचित्य नभएको बताएका हुन् ।
‘पार्टी विभजानको कुनै औचित्य छैन’ उनले भने, ‘म एकतापछि सचिवालयको सदस्यका नाताले मैले धेरै विषय उठाएँ, नेताहरूका कार्यशैलीका सुधारका निम्ति पनि मैले धेरे अनुरोध गरेँ तर सुधार हुन सकेन, म विभिन्न कारणले विरोधीजस्तो भएर प्रकट भए ।’
नेकपा कुनै पनि समूहमा विभाजन हुन नहुँनेसमेत गौतमले बताए । ‘हामी संविधानको सर्वाेच्चता मान्छौ र पालना गर्छाै । संविधानभित्रका प्रावधान हामीअनुकूल भएन भन्दैमा बदनाम गर्नु हुँदैन भन्ने मलाई लाग्छ । आज पार्टी दुई खेमामा विभाजित छ । म कुनै पनि समूहमा विभाजित हुनु छैन,’ उनले भने ।
‘तीन वर्षमै पार्टी विभाजन गर्नुथियो भने किन एकता गर्नुपर्यो ?’ भन्ने प्रश्न गर्दै उनले भने, ‘पार्टीमा अन्तसंघर्ष र अन्तरद्वन्द्व हुन्छ । जीवन्त पार्टीमा अन्तर–संघर्षबेगर अघि बढ्न सक्दैन । त्यसमा पनि नेता त्यो मात्रै हुन्छ, जसले त्यो अन्तर–संघर्षमा समाधान दिन सक्छ, राजनीतिक रुपमा विभाजित भइसकेको र कानुनी रुपमा के हुन्छ भन्न सक्दिनँ ।’
दुवै पक्षमै गल्ती देखिरहेको उल्लेख गर्दै अझ आफू एकता निम्ति प्रयत्नमा लागिरहेको उल्लेख गर्दै गौतमले भने, ‘पार्टी एकता अपरिहार्य छ । तर अवस्था कस्तो छ, दुई समूहका मुख्य नेताहरु यसरी उत्रिनुभएको छ, समाजवादी सभ्यता, संस्कृति निर्माण गर्छौ भन्नेहरुलाई लाज लाग्ने स्थिति छ ।’

नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मियताले अझ समृद्ध बनेको…

मिडिया काउन्सिल विधेयकमाथि सञ्चारमन्त्री र पत्रकारबीच छलफल

सवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष

संखुवासभामा पर्यटन र उर्जामा लगानी बढाउँछौं: उर्जा मन्त्री खड्का

सरकारले बाढीबाट क्षतिग्रस्त बिपी राजमार्ग पुनःस्थापना गर्न जापान सरकारको अनुदा…

खेलमार्फत निरोगी नेपाल निर्माण गर्ने सपनालाई साकार पार्न सरकार तयार छः प्रधा…

उद्यमीमाझ प्रधानमन्त्री : ‘नेपाल बन्छ, गरेर देखाऔँ’

प्रतिक्रिया