किन पाएनन् उपल्लो डोल्पाका जनताले कोभिडविरुद्धको खोप ?

जाजरकोट- महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्ध लगाइने खोपहरु उपल्लो डोल्पाका सर्वसाधारणले नपाउने भएका छन् । १२ वर्ष देखि १७ वर्ष सम्म बालबालिकाले मोडना खोप र १७ वर्ष देखि माथीका सर्वसाधारणले भेरोसेल , ६० वर्ष माथीका सर्वसाधारणलाइ बुस्टर खोप अन्य पालिकामा लगाइरहेको भएपनि उपल्लो डोल्पाका तीन पालिकाका कुनै पनि सर्वसाधारणले खोप लगाउन नपाउने भएका हुन् ।
स्वास्थ्य सेवा कार्यालय डोल्पाले माघ १० देखि माघ १३ गते सम्मा खोप लगाउन मध्य र तल्लो डोल्पाका सर्बसाधारणलाइ मात्र खोप लगाउन सूचना निकालेको छ । तर उपल्लो डोल्पामा खोप लगाउन नसकिने भन्दै कार्यालयले सूचनामा उल्लेख गरेको छ ।
सीसीएमसीसीको बैठकले माघ १६ देखि २० गते सम्मा विद्यार्थीलाइ खोप लगाउनका लागि विद्यालय खोल्ने निर्णय गरिको थियो । सीसीएमसीसीले निर्णय गरेपनि उपल्लो डोल्पामा विद्यार्थीले यो समयमा पनि खोप नपाउने भएका छन् । त्यस्तै खोप कार्ड नभएको व्यक्तिले माघ ७ बाट सरकारी सेवा लिन नपाउने निर्णयले उपल्लो डोल्पाका सर्वसाधारणले पीडित हुने भएका छन् ।
भारी हिमपातका कारण उपल्लो डोल्पाका सर्वसाधारणले कोभिड विरुद्धको खोप लगाउन पाएका छैनन् । उपल्लो डोल्पामा खोप लिएर तीन पालिकाका सर्वसाधारणलाइ लगाउन नसक्ने अवस्था आएपछि यहाँका सर्बसाधारणहरु खोप विहिन बन्नु परेको हो । हिमपातका कारण उपल्लो डोल्पा बन्धक जस्तै भएको छ । बाटो भरी हिउँले पुरिदिएपछि कुनै पनि सेवा उपलल्लो डोल्पाका सर्वसाधारणले पाउन सकेका छैनन् ।
त्यस्तै अन्य बालबालिकालाइ लगाइने नियमित खोप , सुरक्षित सुत्केरी सेवा कात्तिक देखि फागुन मशान्त सम्मा नै बन्द भएको छ । शे फोक्सुण्डो , छाकाताङसुङ र डोल्पोबुद्ध गाउँपालिका भित्रका सर्बसाधारणहरु घरको आंगन भरी हिउँले ५ महिना सदरमुकाम दुनै लगाएतका देशका बिभिन्न ठाउँमा जाने काम पुर्णरुपमा ठप्प हुने गर्दछ । त्यस्तै ती पालिकामा खटिने स्वास्थ्यकर्मी , महिला स्वंयमसेविकले समेत खोप नपाएको निर्मित स्वास्थ्य सेवा व्यवस्थापक टेकबहादुर गुरुङले बताए ।

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

डेंगुले सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

प्रतिक्रिया