शाही कदमको पुनरावृतिदेखि जनमतको अपमानसम्म

काठमाडौं : राष्ट्रिय सभाका सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकको शुन्य समयमा बोल्दै सांसदहरूले प्रतिनिधि सभा विघटन, कालिकोट जिल्लामा बाढी प्रभावितको व्यवस्थापन र उखु किसानको भुक्तानीलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद उदया शर्मा पौडेलले २०१७ साल पुस १ गतेको शाही कदमको पुनरावृति हुनेगरी ६० वर्षपछि पुस ५ गते संविधानको कुनै धारामा पनि उल्लेख नभएको काम वर्तमान सरकारले गरेको बताइन् । आफ्नै पार्टी भित्रको अन्तरविरोधका कारण प्रतिनिधि सभा विघटन गरिनु चित्तबुझ्दो कदम नभएको बताए । पाँच वर्षका लागि नेपाली जनताले नेकपालाई विश्वास र भरोसा गरी दिएको मतको अपमान भएको बताइन् । यस्तै असंवैधानिक कदम फिर्ता लिन समेत आग्रह गरिन् ।
नेकपाकै अर्का सांसद जीवन बुढाले गत भदौ महिनामा कालिकोटका नरहरिनाथ गाउँपालिका, राजकोट नगरपालिका, तिलागुफा नगरपालिका, महाबै गाउँपालिका र सानित्रिवेणी गाउँपालिकामा भीषण बाढी र पहिरो गई ११ सय भन्दा बढी नागरिकहरू घरबारबिहिन भएको र उनीहरूको पुर्नस्थापनका लागि अहिलेसम्म केही काम नभएको बताए । अहिले कालिकोट जिल्लामा हिंउ परिरहेको र नागरिकहरू खुला आकाशमा बस्न बाध्य भएकोले सरकारको ध्यानाकर्षण गराए ।
नेपाली कांग्रेसकी सांसद तारादेवी भट्टले किसानहरूले मेहनत गरेको उखुको पैसा माग्न प्रत्येक वर्ष आन्दोलन गर्नुपर्ने अवस्था रहेको तर सरकार मौन रहेको बताइन् । उनले सरकारले आश्वासन दिने तर किसान सँधै मर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताइन् । त्यसको जवाफ सरकारले उनको भनाइ छ । यस्तै किसानलाई मल बिउबिजन समयमा उपलब्ध नगराउने तर किसानले दोब्बर खाद्यान्न उत्पादन गर्नुपर्छ भन्ने सरकारको प्रवृति रहेको उनले धारणा राखिन् । त्यसैले सरकार जवाफदेही भएर किसानको हितमा काम गर्न माग गरिन् ।
नेकपाकी सांसद कोमल ओलीले अमेरिकी संसदमा भएको हिंसात्मक गतिविधिले विश्वको प्रजातन्त्रमाथि खतरा उत्पन्न गराएको बताइन् । यो घटनाबाट संसदीय व्यवस्थालाई सर्वोपरि ठान्ने सबै देशलाई थप चुनौति र चिन्ताको वातावरण बनाइ दिएको उनको भनाइ छ ।

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

प्रतिक्रिया