टी–ट्वान्टी विश्वकपः ग्लोबल क्वालिफायर्सका लागि नेपालको टिम घोषणा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल क्वालिफायर्सका लागि १६ सदस्यीय टिमको घोषणा गरेको छ । बिहीबार घोषणा गरिएको टिममा कप्तान सन्दीप लामिछाने छन् भने पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेस्वाकर लगायतका अनुभवी खेलाडी पनि समेटिएका छन् । तर विनोद भण्डारी र सोमपाल कामी भने यो पटक टिमम परेका छैनन् ।
हालै सकिएको प्रधानमन्त्री कप टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्साहजनक प्रदर्शन गरेका कुशल भुर्तेल, आशिफ शेख र लोकेश बमले पनि राष्ट्रिय टिममा आफ्नो स्थान सुरक्षित गरेका छन् । लोकेश पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् ।
नेपाली टिमले ओमानमा फेब्रुअरी १७ बाट सुरु हुने ग्लोबल क्वालिफायर्समा आयोजक ओमान, क्यानडा र बहराइनको सामना गर्दैछ । ग्लोबल क्वालिफायर्समा कुल १६ टिम सहभागी हुनेछन् । यी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । १६ टिममध्ये दुईले अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउनेछन् ।
नेपाली टिमः
१, सन्दीप लामिछाने, कप्तान
२, कुशल भुर्तेल
३, आशिफ शेख
४, दीपेन्द्र सिंह ऐरी
५, ज्ञानेन्द्र मल्ल
६, शरद भेस्वाकर
७, आरिफ शेख
८, करण केसी
९, जितेन्द्र मुखिया
१०, अविनाश बोहोरा
११, शहाब आलम
१२, कुशल मल्ल
१३, कमल सिंह ऐरी
१४, विवेक यादव
१५, प्रदीप ऐरी
१६, लोकेश बम

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_n7Jw1mO9ns_y9yt9nbttpwjgynsvryydr0xwjatmmrdmj8u5xyefflgm1hdbvqth1z7zod1.jpg)
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

प्रतिक्रिया