बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

कैलाली– नकबजनी चोरी मुद्दाको फरार प्रतिवादी पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाको प्रहरी टोलीले अभियुक्त पक्राउ गरेका हुन् ।

कैलाली बर्दगोरिया गाउँपालिका वडा नं.१ असोक जनालालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि कैलाली जिल्ला अदालत धनगढी पठाईएको छ।