बुटवलमा कांग्रेसको प्रदेश कार्यालय स्थापना

बुटवल– नेपाली कांग्रेसले प्रादेशिक संरचना बनेसँगै लुम्बिनी प्रदेशको पार्टी कार्यालय स्थापना गरेको छ । बुटवलको नयाँ गाउँमा कांग्रेसको प्रदेश पार्टी कार्यालय स्थापना गरिएको हो ।
पार्टीका प्रदेश सभापति अमरसिंह पुनले वैधिक विधिपूर्वक पूजा अर्चना गरेर कार्यालयको शुरुवात गरे। तर कार्यालयको औपचारिक शुभारम्भ भने केन्द्रीय नेताहरुको उपस्थितिमा गरिने प्रदेश सभापति पुनले बताए । २१ वटा कोठा र मिटिङ हलसहितको घरबाट अब पार्टीको प्रदेश गतिविधि अघि बढ्ने प्रदेश कार्यसमितिका सदस्य प्रकाश रानाले बताए ।
अब दैनिक रुपमा प्रदेश कार्यालय खुला रहने र प्रदेश पदाधिकारीहरु सकेसम्म कार्यालयमा दिनको एकपटक पुग्ने गरी समय व्यवस्थापन गर्ने बताईएको छ । जिल्ला जिल्लावाट आउने कार्यकर्ताहरुका समस्या र गुनासाहरु सुन्नका लागि पनि कार्यालयमा पुग्ने सभापति पुनको दावी छ । उनले कार्यालयमा आफ्ना प्रतिष्पर्धी भरक कुमार शाहको पनि कार्यकक्ष रहने बताए । गत मंसिर १८ गते नेपाली कांग्रेसको प्रदेश अधिवेशन भएको थियो ।

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

प्रतिक्रिया