लोक सेवाका लिखित परीक्षा माघ मसान्तसम्म स्थगित
काठमाडौँ – लोक सेवा आयोगले लिखित परीक्षाहरु स्थागित गरेको छ। आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेकाे हाे।
आयाेगका प्रवक्ता ताेयानाथ सुवेदीले आयाेगद्वारा सञ्चालन हुने सबै प्रकारका लिखित परीक्षा माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय भएकाे बताए ।
माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो । संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए । ती परीक्षाहरु हाललाई स्थगित भएका छन् ।
आयाेगले कोरोना भाइरसको तेस्राे लहर सुरु भएसँगै ओमिक्राेन भेरियन्ट तीव्र रुपले फैलिरहेकाेले परीक्षा सञ्चालन गर्न सकिने अवस्था नरहेको भन्दै लिखित परीक्षा स्थगित गरेकाे हाे ।

सुनिल पौडेलबिरूद्द अर्को भ्रष्टचारको मुद्दा

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’

पाटन अदालतको इतिहासमा पहिलो पटक दुई वर्षे मुद्दा शून्यमा

काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छा…

विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र

न्याय परिषद्लाई बारको ध्यानाकर्षण

सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

प्रतिक्रिया