सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

आज काठमाडौं उपत्यकामा थपिए ६,८९१ संक्रमित

काठमाडौं – काठमाडौं उपत्यकामा आज ६ हजार ९८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५,००१, ललितपुरमा १,१३० र भक्तपुरमा ८५० जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।