क्यानडा उच्चायोगले नेपालमा महिला नेतृत्व विकास अभियान सञ्चालन गर्ने

काठमाडौँ– क्यानडा उच्च आयोगले अन्तर्राष्ट्रिय शिक्षा दिवस तथा राष्ट्रिय बालिका दिवसको पूर्वसन्ध्यामा डिजिटल इम्पावरमेन्ट फाउन्डेसनसँगको सहकार्यमा ‘वर्ल्ड वाइड वुमन– महिलाको डिजिटल नेतृत्व कौशल अभियान’ शुभारम्भ गरेको छ ।
यो अभियान भारतका पाँच राज्यका सीमान्तकृत र ग्रामीण समुदायका साथै नेपाल र भुटानमा सञ्चालन गरिन लागेको नयाँ दिल्लीस्थित क्यानडा उच्चायोगले जनाएको छ । डिजिटल उद्यमशीलता विकास, इन्टरनेट प्रयोग र डिजिटल बजारीकरणका लागि श्रृंखलावद्ध रूपमा तालिम कार्यक्रम सञ्चालन हुनेछन् ।
क्यानडाका सहउच्चायुक्त अमन्दा स्ट्रोहानले यस अभियानको शुभारम्भ गरेका हुन् । माइगभर्मेन्ट इन्डियाका सीइओ अभिषेक सिंहको प्रमुख आतिथ्यमा यस अभियानको शुभारम्भ गर्दै स्ट्रोहानले क्यानडा सरकार डिजिटल समानताको सुनिश्चितताका लागि तयार रहेको भन्दै महिला र बालबालिकालाई इन्टरनेट र डिजिटल उपकरणहरूको पहुँच साथै प्रयोगबारे सीप आवश्यक भएको बताए । निर्णय–प्रक्रियामा सहभागिताका लागि यो अत्यावश्यक भएको उनको भनाई थियो ।
क्यानडाको यो प्रतिवद्धता ‘फ्रिडम अनलाइन कोलिसन’ २०२२ मा प्रतिबिम्बित भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि सिंहले महिला सशक्तिकरणका लागि डिजिटल प्रविधिसम्बन्धी तालिम आवश्यक रहेको भन्दै डिजिटल रूपमा सशक्त समाज निर्माण आवश्यक रहेको बताए ।
डिजिटल इम्पावरमेन्ट फाउन्डेसन, भारतका संस्थापक निर्देशक ओसामा मन्जरले यो कार्यक्रम १५ हजार महिलासम्म पुग्ने, १५० जना डिजिटल उद्यमी जन्माउने र १५ जना महिला नेतृत्व (डिजिटल क्षेत्रमा) विकास गर्ने उल्लेख गरेका छन् ।

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

प्रतिक्रिया