ट्याक्टर दुर्घटनाबाट एकको मृत्यु, दुई घाइते

ताप्लेजुङ - ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभानमा बिहीबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका-१ थिङलाबुका ४५ वर्षीय निमा शेर्पा (च्याब्जु) रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
मिक्वाखोला गाउँपालिकाको साँवा भन्ने ठाउँबाट दोभानतर्फ आउँदै गरेको मे१त ७४६१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका १८ वर्षीय सहसञ्चालक नाल्बुका सञ्जीव लिम्बूलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । चालक कृष्ण शेर्पा भने जिल्ला अस्पताल ताप्लेजुङमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

एलिना चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

करेन्ट लागेर एकजनाको मृत्यु

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

पाल्पाका फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

गायिका एलिनामाथि गालीगलौज गर्ने राई विरूद्ध तीन दिन म्याद थप

प्रतिक्रिया