दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप १२ जनालाई कोभिड संक्रमण

खोटाङ - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप १२ जनालाई कोभिड संक्रमण पुष्टि भएको छ । बिहीबार २७ जनाको एन्टीजेन परीक्षण गर्दा एकैदिन ६ पुरुष र ६ महिलालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको हो ।
यससँगै नगरपालिकामा सक्रिय संक्रमितको संख्या ३६ पुगेको छ । सक्रिय संक्रमितमध्ये २५ पुरुष र ११ महिला रहेको नगरपालिकाले जनाएको छ । सक्रिय संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् । हालसम्म नगरपालिकाका ९२ जनाको एन्टीजेन परीक्षण गरिएको छ ।
जिल्लामा पछिल्लो समय दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदै गएको पाइएको छ । जिल्लाका १० स्थानीय तहमध्ये अधिकांशले कोभिड संक्रमणको नियमित परीक्षणको व्यवस्था गर्न सकेको छैन । संक्रमण बढिरहेका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ ।

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने
‘खोप सुनिश्चितता एक वर्षको होइन, यो निरन्तरता काम हो’

डाक्टरको आन्दोलनले देशभरका अस्पताल ठप्प, बिरामीहरू घर फर्कन बाध्य

प्रतिक्रिया