सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही हुन्छ : शिक्षामन्त्री पाैडेल

काठमाडाैँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउने बताएका छन् ।

बिहीबार सिंहदरबारमा विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिसंगको छलफलका क्रममा उनले तोकेको शुल्कभन्दा बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउने बताए।

चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने क्रम नरोकिएको भन्दै विद्यार्थीहरुले शिक्षा मन्त्रीसँग छलफल गरेका थिए । मन्त्री पौडेलले बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउन गृह मनत्रालयसँग छलफल भइसकेको र कारवाही गरेरै छाड्ने जानकारी दिए ।

त्यस्तै नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउने प्रतिबद्धता मन्त्रीले गरेकाे जानकरी दिए ।