बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडी – बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । देउलेक–गर्जे सडकअन्तर्गत बैतडीको सिगास-९ सगीनाडमा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुर जिल्ला घर भएका २७ वर्षीय धनराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार साँझ ५ बजे आफैले चलाएको मोटरसाइकल सडकबाट डेढसय मिटर तल खस्दा चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
चौधरी बझाङको देउलेकबाट बैतडीको शिवलिंगतर्फ गइरहेका थिए । उनी ट्याक्टरका चालकसमेत रहेको बताइएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया