अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुँदै

काठमाडौं : स्पिन इभेन्ट्स प्रालिको आयोजनामा चैतको पहिलो साता ‘देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता’ हुने भएको छ । प्रतियोगिता अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको हो ।
लैनचोरस्थिति राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिता चैत २ देखि ७ सम्म हुनेछ । प्रतियोगिता सरकारले लागू गरेको नागरिक स्वास्थ्य मापदण्डमा रहेर आयोजना हुनेछ । लामो समयदेखि कोभिड–१९ महामारीले खेलकुद गतिविधि बन्द रहेको स्थितिमा खेलाडीको मनोबल उच्च बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको हो ।
प्रतियोगितामा मेन्स टिम, वुमेन्स टिम, मेन्स सिंगल्स, वुमेन्स सिंगल्स, मेन्स भेट्रान सिंग्लस (४० वर्षमाथि) र मेन्स भेट्रान सिंगल्स (५५ वर्षमाथि) गरेर छ स्पर्धा समावेश गरिएको छ । देश भरका वडाका खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको अनुमानित वजेट १९ लाख ५० हजार रुपैंया रहनेछ । विजयी खेलाडीले सिल्ड, पदक र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै सिंगल्स स्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई नगद पुरस्कार पनि प्रदान गरिनेछ ।

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया