भारतका ७२ प्रतिशत वयस्कलाई पूर्ण खोप

नयाँ दिल्ली- भारतका कूल वयस्कहरूमध्ये ७२ प्रतिशतले कोरोनाभाइरसविरुद्धको खोप लगाइसकेका छन् ।
भारतको केन्द्रीय सरकारले बिहीबार दिएको जानकारीअनुसार १५ देखि १८ वर्षसम्मका भने ५२ प्रतिशतले पहिलो खोप लगाएका छन् ।
सो उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई हालै मात्र खोप लगाउन थालिएकाले उनीहरूले एउटा मात्रै खोप लगाउन पाएका हुन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका सचिव राजेश भुषणले पत्रकार सम्मेलनमा बोल्ने क्रममा खोप अभियानलाई सरकारले तीव्रता र उच्च प्राथमिकताका साथ अगाडि बढाइएको जानकारी दिए ।
उनले पछिल्लो एक दिनमा तीन लाख १७ हजार ५३२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको विवरण पनि सार्वजनिक गर्नुभयो । सोही अवधिमा कोरोनाकै कारण अरू ३८० जनाको मृत्यु भएको पनि उनको भनाइ छ ।
भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितहरूको सङ्ख्या तीव्र रूपमा बढ्दै गइरहेको छ । दैनिक सङ्क्रमितहरूको सङ्ख्या अत्यधिक थपिँदै गएपछि सक्रिय सङ्क्रमितहरूको सङ्ख्या पनि बढेको छ ।
स्वास्थ्य सचिव भुषणका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या १९ लाख २४ हजार ५१ रहेको छ । (एएनआई)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया