शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्याे

फाइल फाेटाे

चितवन- पहिराेका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको  छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

नारायणगढ – मुग्लिनसडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार राति देखिनै पहिरो पन्छाउने काम थालिएको थियो । तीनवटा एक्साभेटर र एउटा लोडर पहिरो पन्छाउन प्रयोग गरिएको थियो ।

सडकको ३० मिटर भाग पहिराेले ढाकेको उनले जानकारी दिए ।  झण्डै ३० मिटर सडक माथिबाट पहिरो खसेको उनले बताए । सडकको पहिरो पन्छाएसँगै यातायात सञ्चालनमा आएको छ । रासस