गण्डकी प्रदेशसभाका नेकपा सांसदहरुले पनि दसैं भत्ता फिर्ता गर्ने

पोखरा : गण्डकी प्रदेशसभाका नेकपा सांसदहरुले दसैं भत्ता फिर्ता गर्ने भएका छन् । नेकपा संसदीय दलका नेता मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दलका प्रमुख सचेतक मायानाथ अधिकारीलाई सांसदहरुको भत्ता फिर्ता गराउन निर्देशन दिएका थिए ।
गुरुङको निर्देशन बमोजिम नेकपा सांसदले दसैं भत्ता फिर्ता गर्ने भएका हुन् । मुख्यमन्त्री गुरुङले भत्ता फिर्ता गर्ने निर्णय भएको जानकारी दिए । ‘मन्त्रीपरिषद्ले मुख्यमन्त्री, मन्त्रीको भत्ता फिर्ता गर्ने निर्णय गरेको थियो, पार्टीले समेत फिर्ता गर्ने निर्णय भएको छ,’ मुख्यमन्त्री गुरुङले भने । संसदमा नेकपाका ४० सांसद रहेका छन् ।
गण्डकीका कांग्रेस र जनमोर्चाका सांसदले समेत दसैं भत्ता फिर्ता गर्ने निर्णय गरिसकेका छन् । सांसदले पाउने मासिक पारिश्रमिक ५२ हजार रुपैयाँ, दलका सचेतकले ५४ हजार २ सय, प्रमुख सचेतकले पारिश्रमिक स्वरुप पाउने ५६ हजार ८ सय ४० रुपैयाँ फिर्ता गर्ने निर्णय गरेका थिए ।
यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको थियो । बुधबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रीको दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।
गण्डकी सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए । उनले कोरोना संक्रमण बढिरहेकाले सुरक्षित भएर चाडपर्व मनाउन आग्रह गरेका छन् ।
दसैं भत्तामा १ महिनाको तलब बराबर मुख्यमन्त्री, मन्त्री तथा सांसदले पाउने रकम कोरोना कोषमा जम्मा हुने भएको हो । गण्डकी प्रदेशमा मुख्यमन्त्रीको मासिक पारिश्रमिक ७० हजार र मन्त्रीहरुको ६० हजार रुपैयाँ छ ।
_rRUfFU7LAg_iipa0fmbp3a1figd2olcyo0qwapfukk2yonvfcgkrdjag1iarvptzd87s9gd_2fquRGIp7Z_qgh6sc1icms8x7hl1rpda4t4nt9uqrccvt5tvd100hidis1jrwddipxatw7d.jpg)
चैते दसैँमा कालिका मन्दिरमा पर्यटक बढे

गण्डकी प्रदेशसभामा घरेलु मदिरा वैध गर्नेबारे छलफल
नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र

काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन

घलेगाउँमा ग्रामीण पर्यटन प्रवर्द्धन तथा रजतजयन्ती समारोह हुँदै

महिलाहरुलाई सङ्गीत सीप सिकाउन मादल बजाउने तालिम

औँसी नुहाउन एकैदिन १० हजार तीर्थालु मुस्ताङ भित्रिए

प्रतिक्रिया