बहालवाला मन्त्रीले नेता मार्ने धम्की दिँदा पनि प्रधानमन्त्री मौन रहनु आपत्तिजनकः ज्ञवाली

काठमाडौँ - नेकपा एमालेका उपमहासचिव नेता प्रदीप ज्ञवालीले बहालवाला मन्त्रीले नेतालाई हत्या गरिदिने धम्की दिँदा पनि प्रधानमन्त्री मौन रहनु आपत्तिजनक रहेको बताएका छन् ।
ज्ञवालीले भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई 'गौर नरसंहार' गराएर हत्या गर्ने खुला धम्की दिँदा पनि प्रधानमन्त्री शेरबहादुर देउवा मौन रहनु आपत्तिजनक र बर्बरतापूर्ण रहेको बताएका हुन् ।
आज ट्विट गर्दै ज्ञवालीले यस्ता गम्भीर विषयमा सम्बन्धित दल र प्रधानमन्त्री देउवाको मौनता बिडम्बनापूर्ण रहेको बताएका छन् । उनले अपराधलाई दुरुत्साहन गर्ने यस्ता सबै गतिविधि बन्द गर्न पनि आग्रह गरेका छन् ।
मन्त्री यादवले अध्यक्ष राउतलाई घेरा हाली हत्या गराई दिने धम्की दिएकी थिइन् । जनमत पार्टीले भने नरसंहार गराई दिने जस्ता अपराधिक अभिव्यक्ति दिने मन्त्रीलाई तत्काल बरखास्त गर्न माग गरेका छन् ।
एकजना मन्त्रीले शान्तिपूर्ण विरोधमा उत्रिएका राजनीतिक दलका नेताहरूलाई अर्को 'गौर नरसंहार'गराएर हत्या गर्ने खुला धम्की दिनु जति आपत्तिजनक र बर्बरतापूर्ण छ,यति गंभीर विषयमा सम्बन्धित दल र प्रधानमन्त्रीको मौनता उत्तिकै बिडम्बनापूर्ण छ।अपराधलाई दुरूत्साहन गर्ने सबै गतिविधि बन्द होस्!
— Pradeep Gyawali (@PradeepgyawaliK) January 21, 2022

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया