धनगढी उपमहानगरले माघ १० गतेदेखि कोभिडविरुद्धको अतिरिक्त खोप दिने

कैलाली- धनगढी उपमहानगरपालिकाले माघ १० गतेदेखि १३ गतेसम्म कोभिड-१९ विरुद्धको अतिरिक्त खोप दिने भएको छ ।
धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहराले उपमहानगरपालिकाको १ नम्बर वडाको रंगशालामा १०-१३ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म पहिलो र दोस्रो खोप लगाएका ६ महिना पुगिसकेका नागरिकहरूलाई अतिरिक्त तेस्रो खोप लगाइने बताए ।
त्यस्तै उपमहानगरपालिकाका २, ३, ४, ५, ६, ७ र ८ नम्बर वडा १० र ११ गते खोप लगाइने स्वास्थ्य शाखा प्रमुख बोहराले बताए । उनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सरसफाइकर्मी, पत्रकारका साथै सार्वजनिक सेवा प्रदायक संस्थामा कार्यरत कर्मचारीलाई खोप लगाइने बताए ।
त्यस्तै ६० वर्ष उमेर समूहका सबै नागरिक, दिर्घरोगीहरूलाई समेत अतिरिक्त खोप लगाइने जानकारी उपमहानगरपालिकाले दिएको छ ।

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया