मूल्यवृद्धि खारेजीको माग गर्दै नेविसंघको प्रर्दशन

काठमाडौँ- सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसमा आबद्ध नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरुको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन सुरु गरेको छ ।
शुक्रबार नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीहरुले काठमाडौंको कोटेश्वर, मिन भवन, माईतीघर मण्डललगायतका स्थानमा भेला भई पेट्रोलियम पदार्थसहितको दैनिक उपभोग्य वस्तुहरुमा वृद्धि गरिएको मूल्य तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेका हुन ।
त्यस क्रममा उनीहरुले मूल्य वृद्धिको विरोधमा हस्ताक्षर संकलन पनि गरेका छन । मूल्य वृद्धिको चर्को मारमा परेपछि त्यसको विरोधमा हस्ताक्षर अभियान समेत संचालन गरिएको र त्यो छिट्टै सरकारले बुझाउने नेपाल विद्यार्थी संघ, प्राविधिक विद्यार्थी परिषदका अध्यक्ष आर्दश मल्लले जानकारी दिए ।
उनले कोभिड संकटमा पनि सरकारले दैनिक उपभोग्य वस्तुहरुको चर्को मूल्य वृद्धि गरेकाले त्यसको विरोध गर्नु परेको स्पष्ट पारे ।
विरोध प्रर्दशनमा नेपाल विद्यार्थी संघ, अस्कल क्याम्पसका इकाई समिति, नेपाल कमर्श क्याम्पसका इकाई समिति, कोटेश्वर बहुमुखी क्याम्पसका इकाई समिति र प्राविधिक विद्यार्थी परिषदले नेतृत्व लिएका छन । उनीहरुले मूल्य वृद्धि खारेज गर्ने आफूहरुको अभियानमा साथ दिन आह्वान गर्दै ‘मूल्य वृद्धि खारेज गर’ लेखिएको मास्क समेत सर्वसाधारणलाई वितरण गरेका थिए ।
नेपाल आयल निगमले गत बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेलमा पनि ३ रुपैयाँ मूल्य बढाएको छ । यसले अन्य दैनिक उपभोग्य बस्तुहरुको समेत मूल्य वृद्धि भएको भन्दै त्यसको विरोधमा विद्यार्थीहरु प्रर्दशनमा उत्रिएका हुन ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया