बिहीबार २६ असार, २०८२
Thursday, July 10, 2025

ओमिक्राेनकाे त्रास : यी १५ जिल्ला कोभिड–१९ को ‘रेड जोन’मा

फाइल तस्बिर

काठमाडौं - पछिल्लो २४ घण्टाको तथ्यांककाे आधारमा देशभरका १५ जिल्ला कोभिड-१९ को उच्च जोखिममा रहेकाे देखाएको छ । उपत्यकाका तीन जिल्लासहित १५ जिल्ला कोभिड-१९ को रेड जोनमा परेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

प्रदेश १ को झापा, मोरङ र सुनसरी, मधेश प्रदेशमा धनुषा, गण्डकी प्रदेशको कास्की, नवलपरासी पूर्व, लुम्बिनीको बाँके, रुपन्देही र सुदूरपश्चिमको कैलाली ’रेड जोन’मा छन्। त्यस्तै वाग्मती प्रदेशको उपत्यकाका तीन जिल्लासहित चितवन, मकवानपुर र काभ्रेपालाञ्चाेक पनि ’रेड जोन’मा छन्।

मन्त्रालयकाअनुसार ती जिल्लामा ५ सय बढी सक्रिय संक्रमित रहेका छन् ।

कुल संक्रमितमध्ये आधा उपत्यकामै छन् । मन्त्रालयकाअनुसार काठमाडौंमा ३० हजार ६८८ जना, ललितपुरमा ७ हजार १ सय ४५ जना र भक्तपुरमा ४ हजार २ सय २३ जना सक्रिय संक्रमित रहेका छन् ।