शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

जनमत पार्टी धनुषाका अध्यक्ष कुशवाहा रिहा

जनकपुरधाम – जनमत पार्टीे धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहासहितका नेता रिहा भएका छन् । 

किसान आन्दोलनका क्रममा पक्राउ परेका अध्यक्ष कुशवाहासहित, सहसचिव नवीन पण्डित, जिल्ला सदस्य चन्द्र किशोर शाह शुक्रबार रिहा भएका हुन्  । 

धनुषा जिल्ला अदालतको आदेशपछि उनीहरू रिहा भएका हुन् ।