लालीगुराँस नगरपालिकामा अत्यावश्यक सेवा बाहेकका सेवा बन्द

तेह्रथुम - कोरोना भाइरस कोभिड १९ तीव्र रूपमा फैलिरहेकोले तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने भएको छ । नगरपालिकाको कर्मचारीहरूमा समेत संक्रमण देखिएपछि नियमित कामकाज गर्नसमेत समस्या भएकोले नगर कार्यपालिकाको निर्णयले यही माघ ८ गतेदेखि १३ गतेसम्म स्वास्थ्य संस्था बाहेकका सेवा बन्द गर्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सविना श्रेष्ठले सार्वजनिक सूचना प्रकाशित गर्दै जानकारी गराएका छन् । नगरपालिकाको सबै वडाहरूमा समेत अत्यावश्यक काम बाहेक अन्य कामहरू बन्द गराएको सूचनामा जनाइएको छ ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया