मुखिया भन्छन् : कोरोनाले राउटेलाई केही गर्दैन

सुर्खेत : लोपोन्मुख राउटे जातीहरुमा पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढेको छ । सुर्खेतको सिम्ता गाउँपालिकामा बसोबास गर्दै आएका राउटे समुदायहरु गाउँ बस्तीमा आफुले तयार गरेका काठका सामाग्री बिक्री गर्दै हिड्ने हुनाले उनीहरुमा कोरोनाको जोखिम बढेको छ ।
जंगलमा फिरन्ते जिवन निउने यो समुदाय अचेल गाउँ नजिक आएर बस्ने गरेका छन् । जसका कारण उनीहरु मदिराको लतदेखि अन्य नराम्रा कुराहरुमा बानी परेका छन् । उनीहरु खानपान पोषिलो नहुँदा स्वास्थ्यमा समेत असर परेको देखिन्छ । यस्तो अवस्थामा राउटे समुदायभित्र कोरोना संक्रमण भए उनीहरुको अवस्था जटिल हुने देखिएको छ ।
कोभिडको तेस्रो लहरले आक्रान्त बनाइरहेको बेला राउटे समुदाय भने त्यसको कुनै प्रवाह नगरेर घुमफिर गरिरहेका छन् । उनीहरुको बस्तीका तीन जना युवाहरु काठमाडौ गएका छन् भने कोही वीरेन्द्रनगर घुमफिर गरिरहेका छन् ।
‘राउटे समुदायका कोही काठमाडौ, कोही सुर्खेत र कोही सल्यानको सल्लिबजारतिर घुमफिर गरिरहेका छन्’ राउटे समुदायमा शिक्षकको रुपमा कार्यरत दुर्गा खत्री भन्छिन्, ‘कोरोना फैलिएको छ, बाहिर नजानुहोस् भनेपनि उनीहरु मान्दैनन् ।’ राउटे समुदायले केही दिन अघि मात्र भत्ता बुझेकाले उनीहरु बाहिर बढी घुम्न गएको खत्रीले बताइन । ‘अहिलेसम्म यो समुदायका व्यक्तिहरुलाई कोरोनाको लक्षण त देखिएको छैन’ उनले भनिन्, ‘तर, उनीहरुको बाहिर आवतजावत गर्ने कारणले एकदमै जोखिममा छन् ।’
राउटे मुखिया महिनबहादुर शाहीले कोरोना फैलिएको विषयमा विश्वास नै गर्दैनन् । ‘यो रोग यता आयाको छैन’ उनी भन्छन्, ‘आयाको भएपनि धेरै टाढा हो, राउटेलाई केही गर्दैन यसले ।’
सिम्ता गाउँपालिकाको कालेखोलास्थित भेरी किनारमा राउटे समुदाय बस्दै आएका उनीहरु आसपास घुमिरहेका छन् । सल्यानको सल्लीबजार नजिकबाट सुर्खेत बसाई सरेर आएका हुन् । अहिले राउटे समुदायमा ४६ घरपरिवारका एक सय ३८ जना राउटे छन् ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_c7mtWtlHyX_jqbnpymfufdizpnojofeomz7efzs6jtzwkfqfssn7dwvsydokj1r90i64wei_REyUvNJUFY_84kauyo6b8hgprcheya1ahqmvkihmkarmeoufp9abgrznppuv2ixyctgotoe.jpg)
तीन महिनामा २३०० बढी विपद्जन्य घटना

सामुदायिक विकास परियोजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

सात लाख बढी घुससहित वन अधिकृत पक्राउ

राशिफलमा यस्तो हुनेछ तपाईंको भाग्य

गोरखाका पाँच स्थानीय तहमा जग्गाको कित्ताकाट नहुने

पौडी खेल्ने गएका किशोरको डुबेर मृत्यु

त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय

प्रतिक्रिया