मधेश प्रदेशका मन्त्रालयमा अझै प्रदेश २ !

काठमाडौं–प्रदेश नं. २ को नामाकरण मधेश भएको पाँच दिन भए पनि यो प्रदेशका मन्त्रालयहरूले अझै नयाँ नाम लेख्न थालेका छैनन् । मन्त्रालयहरूले आफ्नो आधिकारिक वेभसाइटमा अझै प्रदेश नं. २ नै राखेको पाइएको छ।
यो प्रदेशको मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहितले अझै नाम सच्याएका छैनन् । कार्यालयको वेभसाइटमा अझै प्रदेश नं. २ को कायम छ । मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँगै अर्थ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहिकारी मन्त्रालय, खानेपानी तथा उर्जा मन्त्रालयलगायतले अझै नाम परिवर्तन नगरेका हुन् ।
सोमबार प्रदेश २ को नाम ुमधेशु नामाकरण भएको थियो । प्रदेश सभा बैठकले प्रदेशको नाम ुमधेशु प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतका साथ पास गरेको थियो। सोही बमोजिम अब प्रदेश २ को नाम विधिवत रुपमा मधेस प्रदेशको रुपमा नामाकरण भइसकेको छ ।
सबै नागरिकले नाम परिवर्तन भएपछि मधेश प्रदेश भन्न थालेपनि मन्त्रालयले भने अझै बेखबर झैं छ । मधेश प्रदेशकै कार्य सम्पादन गर्ने निकायले अझै नाम गरिवर्नतन नगरेको पाइएको हो ।
उच्च अदालत जनकपुरधाममा ४४११ मुद्दा फछ्र्यौट

वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट

पानी नपरेपछि वीरगञ्जको गहवामाईमा पर्जन्य यज्ञ !

भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

करेन्ट लागेर एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

प्रतिक्रिया