तीन जलविद्युत् आयोजनाका १०.६ मेगावाट विद्युत् केन्द्रीय प्रशारणलाइनमा

दिक्तेल : खोटाङका तीनवटा जलविद्युत् आयोजनाबाट १०।६ मेगावाट विद्युत् केन्द्रीय प्रशारणलाइनमा जोडिएका छन् । साप्सुखोला जलविद्युत् आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना र मेवाखोला हाईड्रोपावरगरी १० दशमलव ६ मेगावाट जलविद्युत् ३३ केभी केन्द्रीय प्रशारणलाइनमा जोडिएको हो ।
हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट उत्पादन गरिएको साप्सुखोला जलविद्युत् आयोजना ६ दशमलव ६ मेगावाट, केपिलासगढी गाउँपालिका–६ दिप्सुङ र वडा–७ सुङ्देलको सीमानामा पर्ने रावा खोलाबाट तीन मेगावाट र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मेवाखालाबाट एक मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ ।
जिल्लाका फरक–फरक तीनवटा खोलाबाट उत्पादन गरिएका जलविद्युत् नेपाल विद्युत् प्राधिकरणको जलजले–बुइपा ३३ केभी प्रशारणलाइनमार्फत केन्द्रीय प्रशारणलाइनमा जोडिएको हो ।
साप्सुखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएसँगै गत मङ्सिर–१४ गतेदेखि परीक्षण उत्पादन शुरु गरिएको थ्रीस्टार हाइड्रो पावर कम्पनी लिमिटेडका सञ्चालक ध्रुवबहादुर श्रेष्ठले बताए । साप्सुखोला जलविद्युत् आयोजना हिमालयन बैङ्क र राष्ट्रिय बाणिज्य बैङ्कले ६५ प्रतिशत ऋण तथा सञ्चालकको ३५ प्रतिशत स्वपूजी लगानीगरी करीब रु एक अर्ब ५० करोड खर्चमा सञ्चालनमा ल्याइएको हो ।
राजापानीको बेलडाँडास्थित पावरहाउसबाट उत्पादित विद्युत् २।५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सब–स्टेशनमार्फत केन्द्रीय प्रशारणलाइनमा जोडिएको छ । प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले विद्युत् तथा बाटो मर्मतको माग गरेका दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका मनोज राईले बताए ।
उता, रावाखोलाको पानीलाई सुङ्देलको बिहीबारेमा निर्माण गरिएको हेडड्रेसबाट दुई हजार १०० मिटर लामो पाइपलाइनमार्फत सुङ्देलकै दाम्कुबेँसीमा पानी खसाएर विद्युत् उत्पादन गरिएको छ । जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारणलाइनमा जोडिएसँगै नेपाल विद्युत् प्राधिकरण खोटाङले जिम्मा लिएको आयोजनाका प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिका सञ्चालक मुक्ति तिम्सिनाले बताए ।
राष्ट्रिय बाणिज्य बैङ्कको ७० प्रतिशत र प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशतगरी करीब रु ६० करोडको लागतमा माथिल्लो रावाखोला जलविद्युत्को काम सम्पन्न भएको जनाइएको छ । विसं २०६८ सालदेखि उत्पादनको पहल थालिए पनि विसं २०७३ सालदेखि मात्र माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको लागि कन्ट्रक्सन निर्माणको काम शुरु गरिएको थियो ।
यता, समुदायको ३० प्रतिशत तथा सानिमा बैङ्कको ६० र बैङ्क अफ काठमाडौँको ४० प्रतिशतगरी करीब रु २२ करोडको लागतमा उत्पादित मेवाखोला हाईड्रोपावर विसं २०७२ मङ्सिरदेखि सञ्चालनमा ल्याएको साप्सु–कालिका हाईड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले बताए । मेवाखोलाबाट उत्पादित विद्युत् जिल्लाका अन्य जलविद्युत् आयोजनाभन्दा पहिले केन्द्रीय प्रशारणलाइनमा जोडिएको हो ।
दश स्थानीय तह रहेको जिल्लामा अहिले तीन मेगावाट विद्युत् खपत भइरहेको नेपाल विद्युत् प्राधिकरण खोटाङका प्रमुख विजयराज रेग्मीले बताउनुभयो । “जिल्लामा अहिले २० हजार ७८९ विद्युत् उपभोक्ता रहेका छन्”, उनले भने, “जिल्लामा उत्पादित विद्युत्मध्ये तीन भागमा एक भाग पनि खपत भएको छैन ।”
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा विसं २०६८ जनगणनाअनुसार ४२ हजार ६४७ घर बसोबास गर्छन् । उक्त तथ्याङ्कको आधार मानेर हेर्ने हो भने, खोटाङमा आधाभन्दा बढी घरधुरीमा केन्द्रीय प्रशारणलाइनको विद्युत् पुगेको छैन ।
यद्यपि, जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय प्रशारणलाइनको विद्युत् विस्तार भएको पाइएको छ । केन्द्रीय प्रशारणलाइनका विद्युत् नपुगेका ठाउँमा स्थानीय हाइड्रोपावरमार्फत उत्पादित विद्युत् खपत भइरहेको छ । रासस

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_sd2V82ldJM_zntfooblhjksp4mf0fswefjyxobzprjso2yyiey0mhftokiqdj0tg0gwlqgr.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

ललितपुरका यी स्थानमा आज बिजुली काटिने

प्रतिक्रिया