प्रदेशको बजेट दुर्घटनातर्फ अघि बढेको रहेछ : मुख्यमन्त्री राई

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोका कारण प्रदेशको बजेट दुर्घटनातर्फ अघि बढेको आरोप लगाएका छन् । ‘प्रदेशको बजेट दुर्घटनातर्फ अघि बढेको रहेछ,’ मुख्यमन्त्री राईले भने, ‘समस्या पहिचान भएकाले उपचारको प्रकृया सुरु भइसकेको छ । मन्त्रालयका सचिवले चिकित्सकको भूमिका निर्वाह गर्नुपर्छ ।’ क्रोनिक एकै पटक देखा नपरेको मुख्यमन्त्री राईको भनाइ थियो ।
आफूविरुद्ध नै अविश्वासको प्रस्ताव दर्ता गराउन प्रमुख भुमिका खेलेको भन्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १२ दिनअघि प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री आङबोलाई बरखास्त गरेर उक्त मन्त्रालय आफ्नै मातहतमा राखेका थिए । आफैले जिम्मेवारी लिएको मन्त्रालयमा १२ दिनपछि मन्त्रालयका कर्मचारीसंगको छलफलमा यस्तो आरोप लगाएका हुन् ।
‘संघीयताको मुटु प्रदेश भएजस्तै प्रदेश सरकारको मुटु आर्थिक मामिला तथा योजना मन्त्रालय हो,’ उनले भने, ‘प्रदेश सरकारको मुटु पहिलो वर्ष राम्रै चले पनि दोश्रो वर्षको अन्त्यदेखि समस्या देखियो । आर्थिक मामिला मन्त्रालय कसका कारण यो अवस्थामा आइपुग्यो भन्ने सबैै रिपोर्टिङ मलाइ छ,’ मुख्यमन्त्री राईले भने, ‘प्रदेश सरकारले सही र यथार्र्थपरक बजेट बनाउन नसकेको र वित्तिय अनुशासन कायम नभएकोबारे विभागीय मन्त्रीलाई पटक–पटक सचेत गराएकै हो, तर हुन सकेन ।’ मन्त्रालयमा देखिएको वेथितिलाई पूर्णरुपमा निर्मुल गर्न मुख्यमन्त्रीले निर्देशन दिए । प्रणालीको विकास हुन नसक्दा मुलुकको दिगो र व्यवस्थित विकास हुन नसकेको उनको भनाइ थियो ।
पछिल्लो राजनीतिक घटनाक्रमले केही अन्यौल देखिए पनि अन्यौलता चिरेर काम गर्न कर्मचारीहरुलाई उनले आग्रह गरे । ‘प्रदेशमा जसरी घटनाक्रमअघि बढेको छ, यसको भ्रममा नपर्नुहोला,’ उनले भने, ‘ आगामी माघ ७ गतेको प्रदेशसभापछि अन्यौलता हट्ने छ ।’ माघ ७ गते प्रदेश सभाको बैठक बोलाइएको छ । त्यही प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले आफूविरुद्धको अविश्वासको प्रस्तावको सामना गर्दैछन् । सरकार परिवर्तन हुने हल्लापछि लाग्नुपर्ने अवस्था नभएको उनको भनाइ थियो । ‘मेरै नेतृत्वको सरकारअघि बढ्छ,’ उनले भने, ‘कोही, कतै र कसैबाट पनि प्रभावित नहुनुहोला ।’
_CfMO9FaNj2_wm1bgp8woyjerxqkyg053rifmqwansj9snaw9kekcoxfnougxlyuuc6kvuen_hKWgCLAgrS_tprihoskxgdvypm4s5guqohwtadombu0ybqkheyi9gljjkavqdiohttvvcgd.jpg)
ताप्लेजुङका हिमालको चुचुरामा मानव पाइला पुग्दै

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जीवनजल लिनको घण्टौँ पैदलयात्रा पार गर्नुपर्ने अवस्थाको अन्त्य

५० हजार बढी भूमिहीनले मागे जग्गाको धनीपूर्जा

करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना

डढेलोबाट घर जोगाउनै मुस्किल

डढेलोमा परी युवतीको मृत्यु, चार घाइते

प्रतिक्रिया