मेडिकल कलेजका विद्यार्थीको समस्या समाधान गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ - विभिन्न विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका विद्यार्थीको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सात विद्यार्थी संगठनले विद्यार्थीले सहज अध्ययन गर्न पाउने वातावरण बनाउन माग गरेका छन् ।
संयुक्त विज्ञप्तिमा नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ, अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही र अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवरले हस्ताक्षर गरेका छन् ।
मेडिकल कलेजले विद्यार्थीसँग अतिरिक्त शुल्क मागेको, विद्यार्थी र अभिभावकलाई धम्की दिएको र चर्को मूल्यमा नियम विपरीत छात्रावासलाई अनिवार्य बनाई विद्यार्थी र अभिभावकलाई लुट्ने षड्यन्त्र गरेको विद्यार्थी संगठनको आरोप छ ।

विपद् जोखिमलाई दृष्टिगत गर्दै तयारीमा जुट्न मुख्यमन्त्री पाण्डेको आग्रह

कर्मचारीतन्त्रले नागरिकको मन जितेमात्र लोकतन्त्र दरिलो हुन्छः राष्ट्रपति पौडेल

निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छः प्रधानमन्त्री ओली

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै

२ बुँदे सहमतिबारे विराटनगरमा प्रचण्डलाई प्रश्नैप्रश्न

अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि विधान संशोधन गर्न तयारी छौँः सभापति …

‘कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ’

प्रतिक्रिया