आन्तरिक राजस्व कार्यालयका सबै सेवा बन्द

कञ्चनपुर : आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कञ्चनपुरका सम्पूर्ण सेवा बन्द गरिएका छन् । कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि आजदेखि कार्यालयका सेवा बन्द गरिएका हुन् । सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कोरोनाको सङ्क्रमण भएका कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरी परीक्षणको कार्यका लागि पठाइएको जनाएको छ । परीक्षणको नतिजा नआउँदासम्मका लागि कार्यालयका सम्पूर्ण कार्य बन्द गरिएका छन् ।
यसैगरी, पुनर्वास नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोनाको सङ्क्रमण देखिएपछि आजदेखि अतिआवश्यकबाहेकका सेवा बन्द गरिएका छन् । अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिकाका सेवा बन्द गरिएका हुन् । नगरपालिकाको वडा नं २ ले भने असोज २६ गतेसम्मका लागि सेवा बन्द भएको जनाएको छ । अत्यावश्यक सेवा लिनका लागि स्वास्थ्यका मापदण्ड पालना गरी सेवा लिन सकिने नगरपालिकाबाट जारी सूचनामा जनाइएको छ ।

चैते धानको समर्थन मूल्य निर्धारण गर्न किसानको आग्रह

सुप विश्वविद्यालयमा साउन १४ गते स्ववियू निर्वाचन

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

विदेशबाट फर्केर केरा खेतीमा जमेका भण्डारी

जीपको ठक्करबाट चन्दको मृत्यु

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

प्रतिक्रिया