एक बैंकको एटीएमले अर्को बैंकमा कारोबार गर्दा दुई पटकसम्म शुल्क नलाग्ने
माघे संक्रान्तिदेखि बैंकका ग्राहकलाई नयाँ सुविधा

काठमाडौं : राष्ट्र बैंकले एउटा बैंकको एटिएमले अर्को बैंकको एटीएममा कारोबार गर्न नयाँ व्यवस्था गर्ने भएको छ । नयाँ व्यवस्था अनुसार मासिक रुपमा त्यस्तो कारोबार गर्दा दुई पटकमा शुल्क नलाग्ने भएको छ । दुईपटकभन्दा बढी कारोबारमा २० रुपैयाँ शुल्क लिन पाउने राष्ट्र बैंको बिहीबारको सर्कुलरमा उल्लेख छ । यी सुविधाहरू माघे संक्रान्ति (माघ १) देखि लागू हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसअघि कोभिड-१९ का कारण सरकारले जारी गरेको बन्दाबन्दीमा बैंकिङ कारोबारलाई सहज पार्न त्यस्तो सेवा निशुल्क गरेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरूले विद्युतीय माध्यमबाट हुने कारोबारमा शुल्क लिँदा ग्राहकको अनुमति लिनुपर्ने भएको छ । राष्ट्र बैंकले सर्कुलर जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
बैंक तथा वित्तीय संस्थाहरूले ईन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र एसएमएस बैंकिङ कारोबारमा सेवा शुल्क लिँदै आएका छन् । यस्तो कारोबारमा बैंकहरूले आफुखुशी शुल्क काट्ने गरेका छन् । तर अब त्यसरी शुल्क लिँदा ग्राहकलाई पूर्वजानकारी दिनुपर्ने अनिवार्य भएको छ ।
ईन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र एसएमएस बैंकिङ कारोबारको लागि एकाउन्टमा युजरनेम र पासवर्ड हराएमा बैंक नधाउनुपर्ने सुविधा ल्याएको छ । ग्राहकले त्यस्तो भएमा आफै रिट्राइभ गरेर विद्युतीय कारोबार पुन: सुचारु गर्न पाउने व्यवस्था गर्न राष्ट्र बैंको सर्कुलरमा उल्लेख छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया