गण्डकी प्रदेशमा तीन सातामा २६८ स्वास्थ्यकर्मी कोभिड सङ्क्रमित

कास्की- पछिल्लो समय देशभर कोरोना सङ्क्रमित थपिँदै जाँदा महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने क्रम बढेको छ ।
कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको जोखिम बढ्दै जाँदा गण्डकी प्रदेशमा तीन साताको अवधिमा चिकित्सक, स्टाफ नर्सलगायत २६८ स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार गत पुस १७ देखि यही माघ ७ गतेसम्म गण्डकीका मनाङबाहेकका जिल्लामा सो सङ्ख्यामा स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।
प्रदेशको राजधानी सहर पोखरामा सबैभन्दा बढी स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएको निर्देशनालय मातहतको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार कास्कीमा सबैभन्दा बढी १३८ स्वास्थ्यकर्मी सङ्क्रमित छन् ।
उनले भने, 'पछिल्लो कोरोना लहरमा स्वास्थ्यकर्मी पनि तीव्ररुपमा सङ्क्रमित हुने क्रम बढ्दो छ, कोरोनाका बिरामीको उपचार हुँदै आएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सङ्क्रामक तथा सरुवा रोग अस्पताल र म्याग्दीको बेनी अस्पतालका स्वास्थ्यकर्मी बढी सङ्क्रमित हुनुभएको छ ।' स्वास्थ्यकर्मी नै सङ्क्रमित भएपछि स्वास्थ्य उपचार सेवा सञ्चालन गर्न केही कठिनाइ भए पनि सेवानै रोकिने अवस्था हालसम्म नरहेको बताइन्छ ।
यसैगरी तनहुँमा ४२, लमजुङ २०, नवलपरासीपूर्व १७, स्याङ्जा १२, बागलुङ ११, पर्वत १०, म्याग्दी नौ, गोरखा छ र मुस्ताङमा तीन स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । हिमालपारिको जिल्ला मनाङमा भने यस अवधिमा कोही पनि स्वास्थ्यकर्मी सङ्क्रमित भएका छैनन् । निर्देशनालयले सङ्क्रमित स्वास्थ्यकर्मी सबै होम आइसोलेसनमा रहेका र अवस्था सामान्य रहेको जनाएको छ । रासस

सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_zjfVErxwTE_ghjmkierbmitu8bq5nw8udhta6uedanbq5rti2vaydqbqnbgv8gxzalpvl0a_lie23lTdps_2gab2x5qqoxl0ee26hmese5tgx7ihf6o7pdyvz5pqywb5v3cosuwvcrkgdpp_JIgrpj565R_hrxcbnqsjhonobgczgzm4dko4s2gnso00ygoxhljxc9ngfyuczujtaevc2dl.jpg)
बागलुङमा बाढीले कति भयो क्षति ?

ऐनापहरामा स्काइ वाक निर्माण अन्तिम चरणमा
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_x6SVpbjHXV_tng82manaw7xfltljymjpyfgpfjplglikrvvshepz737t1afg7idpepdg9sg_z2hfXYZRLh_dfxme2tdjz1robcc3mbaxqnrvahnxupht3idzyd8slwfhtmyhrx445hldcf1.jpg)
बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो
_sDNZqylywN_7bnyujhws3loaznqtaggf50sg1dimhaanafi5y4tnfr6kkrg3mopzylbkrew_qpHE64Illt_wm9zbgiy4bmw0byttomvlz4r3qzqyb8heijh5jndwp9mzdwqixjv1v1o1fvl.jpg)
दुर्गम गाउँबस्तीमा इन्टरनेटको पहुँच विस्तार
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_tuuM41zclY_lqr9nqucbfks76giec3h5rok1mn3cydsdhmceuw5yhhenjgwdwy0segxi28i.jpg)
बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो २ पुलमा क्षति

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति
_JheTF96IvN_hvoljlrjhba4av9arao1qcws8og4etpxyrqbpnxx7fu0v6tclqyzmng9dr5z_nvlr0h0vtd_phc4bqwrlzknliexhx9bhlunvlo6flsdobi4tivdvvyapvhtpbh7tl5zq9cn.jpg)
प्रतिक्रिया