‘मिसन इम्पोसिबल’का दुवै शृंखलाको प्रदर्शन स्थगित

लसएन्जल्स - टम क्रुजले दुनियाँलाई खतराबाट बचाउन गर्ने संघर्षको कथा हेर्न अझै दुई वर्ष कुर्नपर्ने भएको छ । निर्माण कम्पनी प्यारामाउन्ट पिक्चर्सले दुवै शृंखला पूर्व निर्धारित समयमा प्रदर्शन नहुने घोषणा गरेको छ ।
जासुसी कथामा टम क्रुजलाई मुख्य भूमिकामा लिएर प्यारामाउन्टले दुई शृंखलाको एक साथ सुटिङ सकाएको थियो । त्योमध्ये ७ औँ शृंखला यही सालको सेप्टेम्बर ३०मा प्रदर्शनमा आउने कार्यतालिका थियो । तर टम क्रुजले यो फिल्म सन् २०२३ को जुलाई १४ मा प्रदर्शन गर्ने घोषणा गरेका छन् । यसैगरी आठौँ भाग भने सन् २०२४ को २८ जुनमा प्रदर्शन हुनेछ । यसअघि यो फिल्म सन् २०२३को जुलाई ७ मा प्रदर्शन हुनेवाला थियो ।
पहिलो महामारीका बीच यो फिल्मको सुटिङ विश्वका विभिन्न ठाउँमा भएको थियो । ‘मिसन इम्पोसिबल’का सिरिज सरे पनि दर्शकले यो साल टम क्रुजलाई टप गनमा भने देख्न पाउनेछन् । अहिलेसम्म यो फिल्म भने मे २७ मा प्रदर्शन हुनेवाला छ । यो फिल्मलाई पनि टम क्रुज र प्यारामाउन्ट मिलेर बनाएका हुन् । यो फिल्म सन् २०१९ जुलाई १२ मा प्रदर्शन हुने कार्यतालिका थियो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया