महोत्तरीमा चिसोबाट एकै परिवारका तीनको मृत्यु

जलेश्वर : हास्य कलाकार धुर्मुस सुन्तलीले महोत्तरी जिल्लाको बर्दिबासमा बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ । बीस दिनका अवधिमा स्थानीयवासी रामरती सदाका घरमा एक बुहारी, एक नाति र एक नवजात नातिनीको मृत्यु भएको हो ।
पत्रकारको एक समूह बिहीबार मुसहरको एकीकृत बस्तीमा उनीहरूको अवस्थाबारे सोधखोज गर्न जाँदा रामरतिको परिवारमा तीन जनाको मृत्यु भएको खुलेको हो । ओढ्ने, ओछ्याउने, पर्याप्त न्यानो लुगाफाटा (सिरक, डसना) तथा तातो खानेकुराका अभावमा यही पुस ९ गते रामरतिकी ३५ वर्षीया गर्भवती बुहारी सितालाई अत्यधिक चिसो लागेको र अत्यधिक रक्तश्राव भएपछि उनलाई उपचारका लागि बर्दिबास अस्पतालमा लगिएको थियो । उनले रक्तश्रावकै बीच छोरी जन्माएकी थिइन् । केहीबेरको अस्पताल बसाइपछि नै उनको मृत्यु भएको थियो । साथै नवजात शिशुको पनि जन्मेको ६ घण्टामै मृत्यु भएको थियो ।
एकैसाथ बुहारी र नातिनीको मृत्युपछि रामरतिका घरमा शोक छाएको थियो । सामाजिक, धार्मिक परम्परानुसार उनको क्रियाकर्म गर्दै गर्दा गत मंगलबार १३ औँ दिनका पुण्यतिथिमा अचानक उनका अर्का आठ महिने नाति (हरिनारायण सदाका माहिला छोरा) प्रभासको पनि मृत्यु भएको रामरतिले सञ्चारकर्मीलाई जानकारी दिए ।
गरीबी र विपन्नताका जाँतोमा पुस्तौँपुस्ता पिल्सिँदै आएकी रामरतिको परिवारलाई बन्दाबन्दीले झन् विपन्न बनाएका बेला यसपालिको चिसोले २० दिनकै अन्तरालमा परिवारका तीन सदस्य बितेका हुन् । बस्तीमा ३५० परिवार दलित मुसहर रहेकामा हाल १८ सुत्केरी र १० गर्भवती छन् । (रासस)

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

सगरमाथा नेक्स्टको “एट द टिपिङ पोइन्ट”मा हिमालदेखि विश्वसम्मको कला संवाद हुँदै

पूर्वीय दर्शन र आधुनिक सीप समेट्दै चन्द्रागिरीमा ३५ करोड लगानीमा एसभीएएन स्कुल…

कालीगण्डकी पदयात्राः आज पूजन र आरती, भोलि यात्रा

झापामा ७५५ मनसुनजन्य विपद् उद्धारकर्मी तैनाथ

ट्रक र बिधुतीय गाडी ठोक्किदा २ को मृत्यु
अन्नपूर्ण हिमालको आधार शिविरमा गुञ्जियो ‘फ्रान्सेली संगीत’
_KBOLezfD8r_801b1ilnqfhcwhoywqzv8oacq9fdv1wkatlvs4mhxmyidbatfgq0x0lwtu9p_0ASycT024I_vypofkyvadmlboo6cbsond8zpvz5cmbvuezszn6v6lziwlvashwzbbgfdhjt_6QYlHiW76M_3gwgazpla1zwkfty2jum2g3ca58zbpcfzuvyvzpdbhfuhayx1udqvqgsfyev.jpg)
प्रतिक्रिया