१३.९४ अंकले बढ्यो नेप्से

काठमाडौँ : शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार दोहोरो अंकले बढेको छ । मंगलबार पनि नेप्से दोहोरो अंकले बढेको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १३.९४ बिन्दुले बढेर एक हजार ५ यस ९७.७१ को बिन्दुमा पुगेको छ ।
सेन्सेटिभ परिसूचक ३.१० ले वृध्दि भई ३ सय १६.६५ मा पुगेको छ । बुधबार कूल १ सय ९२ कम्पनीका कूल ५५ लाख नौ हजार ४ सय ४८ कित्ता शेयर एक अर्ब ६३ करोड ३२ लाख ४६ हजार १४८ मूल्यमा खरिद बिक्री भए ।
स्टकले कारोबार भएका कूल १२ उपसमूहमध्ये बुधबार चार उपसमूहको शेयर ओरालो लागेको र सात उपसमूहको शेयर भने उकालो जनाएको छ । होटल १५.०३, जलविद्युत् १४.०९, वित्त ०.६, उत्पादन ६.३३ बिन्दुले घटेको छ । बैंकिङ २१.५५, व्यापार २३.४, विकास बैंक १०.०४, निर्जीवन बीमा ६४.२८, अन्य ३.०५, लघुवित्त ३.४१, जीवन बीमा ५७.९४ र सामूहिक लगानी कोष ०.१ बिन्दुले बढेको स्टकले जनाएको छ ।
स्टकका अनुसार एनआइसी एशिया बैंक २४ करोड २९ लाख ५७ हजार ८०७ बराबरको कारोबार गर्दै शीर्षस्थानमा छ । कुमारी बैंक आठ करोड ३९ लाख ३० हजार ३ सय ४७, नेपाल बैंक सात करोड ४३ लाख ९७ हजार ६१०, हिमाल दोलखा हाइड्रोपावर छ करोड ६३ लाख ६९ हजार, ग्लोबल आइएमई बैंक चार करोड ५३ लाख ३५ हजार ४ सय ७२ र एनएमबी बैंक चार करोड १० लाख १४ हजार ८ सय ७१ बराबरको कारोबार भइ शीर्षस्थानमा पुगेको छ ।
कारोबारका आधारमा जनरल इन्स्योरेन्स कम्पनी ९.८४, नेपाल हाइड्रो डेभलपर ४.४९, साङ्ग्रिला डेभलपमेन्ट बैंक ४.४०, एनआइसी एशिया बैंक ४.१३, कुमारी बैंक ३.९४ र साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले २.७४ प्रतिशतले कमाए । नेपाल फाइनान्स कम्पनी ५.०५, खानीखोला हाइड्रोपावर ४.७२, आँखुखोला हाइड्रोपावर ४.७२, पञ्चकन्या माई हाइड्रोपावर ४.५२, नेशनल हाइड्रोपावर ४.२४ र छुयाङदी हाइड्रोपावरका लगानीकर्ताले ४.१२ प्रतिशतले गुमाए ।

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

कति छ आज सागसब्जी र फलफूलको मूल्य ?

आजदेखि घट्यो पेट्रोलको मूल्य, बढ्यो डिजेल र मट्टितेलको

प्रतिक्रिया