अमेरिकामा ‘स्क्विड गेम’का भन्दा ‘लुसिफर’का दर्शक धेरै

लसएन्जल्स - जसरी सन् २०२०मा कोरियन फिल्म ‘प्यासाइट’ले तहल्का मच्चायो सन् २०२१ मा योभन्दा कम तहल्का मच्चाएन वर्षको उत्तराद्र्धमा नेटफ्लिक्समा आएको कोरियन सिरिज ‘स्क्विड गेम’ले । ९ भागको यो सिरिज फिल्मप्रेमीबीच आँधीबेहरीभन्दा कम थिएन । यसले नेटफ्लिक्सकै दर्शक संख्या बढाएको तथ्यांक आएका छन् । मर्चेन्डाइजका अनेक सामान बनेका छन् । तर नेल्सनले सार्वजनिक गरेको तथ्यांकले अमेरिकामा भने यो सिरिज ‘लुसिफर’भन्दा कम हेरिने सिरिजको रुपमा दर्ज भएको छ ।
नेल्सनले सार्वजनिक गरेको सूचीमा गत वर्ष अमेरिकामा सबैभन्दा धेरै हेरिएको सिरिजमा ‘लुसिफर’ एक नम्बर र ‘स्क्विड गेम’ दोस्रो नम्बरमा रहेका छन् । विभिन्न माध्यममा प्रकाशित भएका ९३ मौलिक सिरिजले पाएका दर्शकको आधारमा नेल्सनले उत्कृष्ट १५ निकालेको हो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया