बेलायती अस्पतालमा बेड अभाव हुनसक्ने चिकित्सकको चेतावनी

लन्डन : कोरोना भाइरस सङ्क्रमणका घटनामा बृद्धि भएको कारण बिहीबार इङ्ल्याण्डका अस्पताल प्रमुखहरूले शैया व्यवस्थानमा कठिनाई भएको बताएका छन् । स्वास्थ्य सेवा प्रदायक तथा चिकित्सकहरूले अपेक्षाकृत सकारात्मक सुधार देखिँदा पनि लन्डनका अस्पतालहरू दुई हप्ताभित्रमा क्षमताभन्दा बढी विरामी हेर्नुपर्ने अवस्था पुग्ने प्रशासनलाई बताएका एक गोप्य स्रोतले एएफपीलाई बताएको छ ।
बेलायतमा बुधबार ६२ हजारभन्दा बढी व्यक्तिमा कोभिड-१९ भएको उल्लेख गरिएको छ । दक्षिणपूर्वी इङ्ल्याण्डमा कोभिड सङ्क्रमितको सङ्ख्यामा नाटकीय वृद्धि देखिएको छ । यो क्षेत्रमा हालैका साताहरूमा नयाँ प्रकारको कोभिड-१९ का जिबाणु पाइएको बताइएको थियो ।
बेलायतका अस्पतालमा भर्ना भई उपचार गराइरहेका कोभिड-१९ सङ्क्रमितको सङ्ख्या ३० हजारभन्दा बढी पुगेको छ । यो पहिलो चरणको सङ्क्रमणका समयमा भन्दा बढी हो ।
इङ्ल्यान्डका अस्पतालहरूको प्रतिनिधित्व गर्ने एनएचएस प्रमुखले भने, 'तीव्र वृद्धिले अस्पतालका उपचाररत केही विरामीहरूलाई नर्सिंग होम वा केयर होममा केही थप शैया व्यवस्थापन गरी सार्न बाध्य तुल्याएको अस्पताल सञ्चालकहरूले बताएका छन् । क्रिस होपप्सनले बीबीसी रेडियोसँग भने, 'हामीले विगत एक हप्तामा इङ्ल्याण्डमा मात्र पाँच हजार नयाँ विरामीलाई भर्ना गरेका छौँ । यो कोभिड-१९ का विरामीका लागि छुट्ट्याइएका शैयाभन्दा १० गुणा हो । साँच्चै यो निकै चुनौतीको विषय हो ।'
चिकित्सकहरूले कोभिड-१९ को बढ्दो क्रमसँगै सङ्क्रमण नियन्त्रणका उपायलाई कडाइका साथ अपनाउन वा पालना गर्न आग्रह गरेका छन् । (एएफपी)

स्कटल्याण्डमा के गर्दैछन् डोनाल्ड ट्रम्प ?

कम्बोडियामा मानवबेचबिखन गराउने ३ हजार ७५ जना पक्राउ

गाजामा राहत सामग्रीको पहुँचलाई लिएर इजरायलको निर्णयमा संयुक्त राष्ट्रसंघको स्व…

विद्रोहको वार्षिकोत्सवअघि अज्ञात समूहद्वारा बङ्गलादेश अवामी लिगको मुख्यालय कब्जा…

टर्कीको चौथो ठूलो सहरमा आगलागीको खतरा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

भोकमरीको चिन्ता बढेपछि इजरायली सेनाले गाजाका तीन क्षेत्रमा लडाइँ रोक्ने

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

प्रतिक्रिया