नेपालमा थप २८ जनामा ओमिक्रोन

काठमाडौँ- नेपालमा थप २८ जनामा कोभिडको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको ३२ जनाको जीन सिक्वेन्सिङ परीक्षण गर्दा उक्त संख्यामा ओमिक्रोन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
यसअघि पनि २७ जनालाई ओमिक्रोन पुष्टि भइसकेको छ । ओमिक्रोन तीव्र रुपमा संक्रमण फैलने भएकाले संक्रमितको संख्या बढिरहेको छ । त्यसैगरी आइतबार ६४६२ जना कोभिड संक्रमित थपिएका छन् । १७ हजार ४३७ जनाको कोभिड परीक्षण गरिएको थियो । एक हजार ४१६ जना संक्रमणमुक्त भएका छन् ।
चार जनाको मृत्यु भएको छ । त्यसैगरी देशभर सक्रिय संक्रमित ७७ हजार ४० जना छन् । २४ घण्टामा ४९ हजार ४७३ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया