मंगलबार २४ असार, २०८२
Tuesday, July 08, 2025

काठमाडौँमा थपिए २८६८ संक्रमित

फाइल तस्बिर

काठमाडौँ-  २४ घण्टामा उपत्यकामा तीन हजार ७९१ कोभिड-१९ संक्रमण पुष्‍टि भएको छ । काठमाडौँमा २८६८, भक्तपुरमा ३२१ र ललितपुरमा ६०२ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आइतबार ६४६२ जना कोभिड संक्रमित थपिएका छन् । १७ हजार ४३७ जनाको कोभिड परीक्षण गरिएको थियो । एक हजार ४१६ जना संक्रमणमुक्त भएका छन् ।

चार जनाको मृत्यु भएको छ । त्यसैगरी देशभर सक्रिय संक्रमित ७७ हजार ४० जना छन् । २४ घण्टामा ४९ हजार ४७३ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।