ट्रक अनियन्त्रित हुँदा एकको ज्यान गयो

इलाम : यहाँस्थित माङ्सेबुङ गाउँपालिकाको भोटेडाँडामा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एकको ज्यान गएको छ । ज्यान गुमाउनेमा ट्रकमा सवार पाँचथर मिक्लाजुङ गाउँपालिका–४ बस्ने ३५ वर्षीय किरण राई रहेका छन् । राईको उपचारका लागि झापातर्फ लैजाने क्रममा निधन भएको हो । ना३ख २०५ नंको गोलिया बोकेको ट्रक पाँचथरको रविबाट दमक झापातर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो ।
ट्रक अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । हाल ट्रक चालक ताप्लेजुङ मेले गाउँपालिका-१ का २० वर्षीय प्रमोद श्रेष्ठ इलाका प्रहरी कार्यालय दमक झापाको नियन्त्रणमा रहेका छन् ।
_CfMO9FaNj2_wm1bgp8woyjerxqkyg053rifmqwansj9snaw9kekcoxfnougxlyuuc6kvuen_hKWgCLAgrS_tprihoskxgdvypm4s5guqohwtadombu0ybqkheyi9gljjkavqdiohttvvcgd.jpg)
ताप्लेजुङका हिमालको चुचुरामा मानव पाइला पुग्दै

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जीवनजल लिनको घण्टौँ पैदलयात्रा पार गर्नुपर्ने अवस्थाको अन्त्य

५० हजार बढी भूमिहीनले मागे जग्गाको धनीपूर्जा

करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना

डढेलोबाट घर जोगाउनै मुस्किल

डढेलोमा परी युवतीको मृत्यु, चार घाइते

प्रतिक्रिया