धनगढी उपमहानगरलाई रोटरी क्लब धनगढीले दियो ३० हजार थान मास्क

कैलाली - रोटरी क्लब अफ धनगढीले कोभिड-१९ बाट बच्न 'अनिवार्य मास्क लगाऊ' भन्ने उद्देश्यले धनगढी उपमहानगरपालिकालाई ३० हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष दीपक उपाध्यायले उपमहानगरपालिकाका मेयर नृपबहादुर वडलाई मास्क हस्तान्तरण गरेका छन् । मास्क हस्तान्तरण गर्दै अध्यक्ष उपाध्यायले बढ्दो कोभिड-१९ बाट बच्न "अनिवार्य मास्क लगाउ" भन्ने उद्देश्यका साथ क्लबले उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी, सरसफाईकर्मी लगायतका लागि मास्क हस्तान्तरण गरेको बताए ।
उपमहानगरपालिकाका मेयरले वडले रोटरी क्लबले पहिलो तथा दोश्रो कोभिड-१९ महामारीका बेला धेरै मानवीय सेवा गरेको स्मरण गर्दै तेश्रो लहरमा समेत अग्रपंक्तिमा रही कार्य गर्दै आइरहेकोमा प्रशंसा गरे ।
उपमहानगरपालिका भित्र अनिवार्य मास्क अभियान अन्तर्गत सम्पुर्ण नागरिकलाई मास्कको उचित प्रयोग गर्न आग्रह गर्दै मेयर वडले प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्न नगरबासीहरूलाई आग्रह समेत गरे ।
मास्क हस्तान्तरण कार्यक्रममा क्लबका सस्थापक अध्यक्ष प्रकाशचन्द्र भट्ट, उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहरालगायतको सहभागिता रहेको थियो ।

सजिवनको सुपले हड्डीलाई बलियो बनाउँछ ?

कर्कटलाई सहयोगीहरूले साथ दिने, धनुको रोकिएका कामहरु सुचारु हुने

सवारी ज्यान मुद्दाका फरार पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

प्रतिक्रिया