साइकल यात्रीलाई बचाउन खोज्दा दाङमा मोटरसाइकल चालकको मृत्यु

दाङ : देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । साँझ लमहीदेखि गढवातर्फ जाँदै गरेको रा ५ प ५७१४ नंको मोटरसाइकलले विपरीत दिशाबाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका–४ बलामपुरमा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१२ निवासी अरुण देवकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सोही मोटरसाइकलमा सवार चितवन भरतपुर–७ रामप्रसाद सापकोटा घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका देवकोटाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । त्यस्तै, घाइते सापकोटाको प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्लाबाहिर लगिएको छ । रासस

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया