शुक्रबार २९ चैत, २०८१
Friday, April 11, 2025

कैलालीमा ट्रकमा हायस ठोक्किँदा १६ जना घाइते

कैलाली - कैलालीको गोदावरीमा रोकिराखेको ट्रकमा हायस ठोक्किँदा १६ जना घाइते भएका छन ।

गोदावरी नगरपालिका-१ स्थित पाठक पेट्रोल पम्पनजिकै धनगढी–अत्तरिया ६ लेन सडकमा रोकिएको ट्रकको पछाडि हायस ठोक्किँदा हायसमा सवार १६ जना घाइते भएका छ्न ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार अत्तरियाबाट धनगढीतर्फ गईरहेको सु.प.प्र ०२ ००१ ख ११६६ नम्बरको हायस रोकिएर राखेको ना ४ ख १९१५ नम्बरको ट्रकको पछाडि ठोक्किएको हो ।

दुर्घटनामा घाइते १६ जना मध्ये १४ जना सामान्य रहेको, चालक र एक जना महिलालाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरुको धनगढीस्थित माया मेट्रो हस्पिटल र अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भैरहेको बताइएको छ ।

ट्रक नियन्त्रणमा रहेको तथा ट्रक चालक फरार रहेकाले ईलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।