६३ औँ प्रयासमा ग्रान्डस्लामको क्वार्टरफाइनलमा पुगिन् कोर्नेट

काठमाडौँ- एलिज कोर्नेटका लागि सोमबार दुई कारणले विशेष रह्यो । पहिलो, अस्ट्रेलियन ओपनको चौथो चरणको खेलमा सिमोना हालेपविरुद्धको जित । दोस्रो, पहिलो पटक ग्रान्डस्लाम क्वार्टरफाइनल यात्रा तय । हो, फ्रान्सकी ३२ वर्षीय खेलाडी कोर्नेट पहिलो पटक कुनै पनि ग्रान्डस्लामको अन्तिम आठमा पहिलो पटक पुगेकी हुन् ।
कोर्नेटले सन् २००५ देखि ग्रान्डस्लाम खेल्न थालेकी हुन् । तर उनी बल्ल आएर ग्रान्डस्लामको क्वार्टरफाइनल पुगेकी हुन् । त्यो पनि हालेप जस्ती स्टारलाई हराएर । ‘बल्ल मेरो सपना पूरा भएको जस्तो महशुस भएको छ । पहिलो पटक ग्रान्डस्लामको क्वार्टरफाइनलमा पुग्दा औधी खुशी लागेको छ । यो यात्रा जारी रहनेछ,’ हालेपलाई ६–४, ३–६, ६–४ को अन्तरले पराजित गरेपछि कोर्नेटले भनिन् ।
कोर्नेटले ६३ औँ प्रयासमा ग्रान्डस्लामको क्वार्टरफाइनलमा स्थान बनाएकी हुन् । अस्ट्रेलियन ओपनमा मात्रै यो उनको १७ औँ सहभागिता हो । कुनै पनि ग्रान्डस्लाममा उनी चौथो चरण कट्न सकेकी थिइनन् । दुई पटक ग्रान्डस्लाम जितेकी हालेपलाई पन्छाएपछि कोर्नेटले अब सेमिफाइनल प्रवेशका लागि डानियल कोलिन्सको सामना गर्नेछिन् ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया