कोरोनाका कारण दुई युनिट बनाएर छायांकन गर्दै ‘लाखे’

काठमाडौँ - कोरोना संक्रमण दर बढेसँगै सरकारले फिल्म हल बन्द गरेपनि फिल्म छायांकनमा भने रोक लगाएको छैन । स्वास्थ्य मापदण्ड अपनाएर २५ जनाको मापदण्ड पालना गर्दै फिल्म छायांकन गर्न सकिने विकास बोर्डले जनाएको छ ।
यही मापदण्डको फाइदा लिँदै फिल्म ‘लाखे’ले दुई युनिट बनाएर फिल्मको छायांकन गरिरहेको छ । निर्देशक सम्राट बस्नेतले महामारीको अवस्था र स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै सुटिङमा दुई युनिट प्रयोग गरिरहेको जानकारी गराएका छन् ।
कोरोनाको तेस्रो लहरको हल्लासँगै लगानीमा जोखिम बढेको भन्दै केही फिल्मले आफ्नो छायांकन स्थगित गरेका छन् । तर कलाकारको भिड भएको फिल्म ‘लाखे’ले भने महामारीमा पनि धमाधम छायांकन गरिरहेको छ । यो फिल्मको गत पुसको अन्त्यबाट छायांकन सुरु भएको हो । भव्य शुभ–मर्हुत गर्दै छायांकन सुरु गर्ने तयारीमा गरेको फिल्मको कोरोनाको कारण सुटुक्क छायांकन सुरु गरिएको निर्देशक सम्राट बस्नेतले बताए ।
‘भव्य शुभ–मर्हुत गरेर फिल्म फ्लोरमा लाने हाम्रो तयारी थियो । तर कोरोनाको बढ्दो संक्रमणले गर्दा सरकारले २५ जना बढी एकै स्थानमा सहभागी हुन रोक लगायो’ निर्देशक बस्नेतले भने ‘कोरोनाको कारण हामीले सीमित कलाकारको उपस्थितिमा मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरु गर्यौँ ।
’ यो फिल्मको प्रारम्भिक बजेट ५ करोड हो । तर यसरी दुई युनिट गरेर काम गर्दा बजेट बढ्ने अनुमान गरिएको छ । निर्माता हरिमल्ल ठकुरीले बजेट बढे पनि कलाकार र प्राविधिक सुरक्षित हुनुपर्ने महसुस गर्दै बजेटको पर्वाह नगरी सुटिङ गरिरहेको जनाए । ‘हामीले ५ करोड माथि बजेटमा फिल्म निर्माण गर्न लागेका हौ । दुई युनिट गर्दा ५ को ठाउँमा ६ पुग्ला’ निर्माता हरिले थपे ‘यसले कलाकारको सुरक्षा पनि गर्छ नि ।’
‘लाखे’ सम्राट बस्नेतको निर्देशनमा बनिरहेको फिल्म हो । ग्लोवल मिडिया एन्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । गणेश मल्ल ठकुरीे प्रस्तुतकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, वर्षा राउत, रोहित रुम्बा, सुनिल थापा लगायतका कलाकारको अभिनय रहेको छ ।
निर्माण युनिटले फिल्म छायांकनका फोटो भने अहिले बाहिर ल्याएको छैन । फिल्ममा रहेको कलाकारको लुक बाहिरिने डरले तस्बिर नल्याएको हो । फिल्मका लागि सबै कलाकारको लुक्समा निकै ध्यान दिइएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया