धनगढी पुगे प्रधानमन्त्री ओली, स्वागत गर्न विमानस्थल गएनन् मुख्यमन्त्री

कैलाली : प्रधानमन्त्री केपी शर्मा ओली आमसभालाई सम्बोधन गर्न धनगढी आइपुगेका छन् । नेकपा विभाजनपछि प्रधानमन्त्री ओली पहिलो पटक उपत्यकाबाहिरको आमसभालाई सम्बोधन गर्न धनगढी पुगेका हुन् ।
स्थानीय प्रशासनको निर्देशन अनुसार ‘हाई अलर्ट’मा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना ओलीको सुरक्षाका लागि खटिएका छन् । नेपाल प्रहरीले सुरक्षा रणनीति बनाउँदै जिल्लामा अन्य समयको भन्दा ठूलो संख्यामा प्रहरी परिचालन गर्दै सादा पोशाकमासमेत टोली खटाएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शम्शेर जबराले जानकारी दिए ।
सशस्त्र प्रहरीले समेत प्रधानमन्त्रीको सुरक्षालाई ध्यानमा राख्दै सुरक्षा योजनालाई थप कडा पारेको छ । यस्तै प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट धनगढी विमानस्थलमा पुगेनन् ।
नेकपा ओली समूहले प्रदेश सरकारलाई कार्यक्रमबारे कुनै जानकारी नगराएकोले स्वागतका लागि मुख्यमन्त्री नपुगेको बताइएको छ । मुख्यमन्त्री तथा मन्त्रीहरूलाई कुनै औपचारिक जानकारी नआएपछि प्रधानमन्त्रीको स्वागतमा नगएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । उनले गुटको भेला भएका कारण पनि जानकारी नगराइएको हुन सक्ने बताए ।

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छः प्रधानमन्त्री ओली

बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ : मुख्यमन्त्री कँडेल

देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : महासचिव पोखरेल

राजनीतिप्रति युवाहरूको वितृष्णा बढ्यो, आकर्षणमा बदल्नु मुख्य चुनौती : शेखर को…

‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’

पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : महासचिव पोखरेल

आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्छः सभापति देउवा

प्रतिक्रिया