शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

एमाले सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा भट्ट चयन

कैलाली - नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन् ।

आज बसेको संसदीय दलको बैठकले भट्टलाई प्रमुख सचेतकमा चयन गर्ने निर्णय गरेको हो । भट्ट बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

साथै आजको बैठकले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान गर्न समेत निर्देशन दिएको बताइएको छ ।