भारतीय ‘रअ’ प्रमुख धार्मिक कार्यक्रम सकेर भेटघाटमा व्यस्त

काठमाडौं : भारतीय रिसर्च एण्ड एनालाइसिस विङ (गुप्तचर विभाग) ‘रअ’ का प्रमुख सहित झण्डै एकदर्जन अधिकारी काठमाडौं ओर्लेर राजनीतिक भेटघाटमा सक्रिय भएका छन । उनीहरु निजी कामको लागि काठमाडौं आएका भनिए पनि अनौपचारिक भेटवार्ता सक्रिय बनेका हुन् । रअका प्रमुख सामन्तकुमार गोयलको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री केपी ओलीसहित अन्य राजनीतिक दलका नेताहरुसँग पनि भेट गरेको हो । टोली बुधबार साँझ नै फर्कने छ ।
उनी बुधबार दिउसो चार्टर्ड विमानमा काठमाडौं ओर्लेका हुन । भारतीय स्थल सेना प्रमुख मानोज एम नरबाणेको नेपाल भ्रमणको तयारी भैरहदा उक्त टोली काठमाडौं आउनु आफैंमा अर्थपूर्ण छ । टोली राजनीतिक भेटवार्तापछि बुधबार बेलुकी नै फर्कने पनि अधिकारीहरुले बताए । राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीले रअका प्रमुख काठमाडौं आएको पुष्टि गर्दै भने, ‘यो औपचारिक भ्रमण होइन, उहाँको व्यक्तिगत वा धार्मिक भ्रमण हुनसक्छ । तर उहाँ आउनुभएपछि राजनीतिक भेटघाट पक्कै भइहाल्छ ।’
नरबाणे आउनु अघि भारतकै अर्को सुरक्षा संस्थाका प्रमुख गोयलको नेपाल भ्रमणको मुख्य एजेन्डा सार्वजनिक नभएपनि नेपाल भारतको पछिल्लो सम्बन्धको बारेमा नै छलफल हुने बताइएको छ । गोयलको भ्रमणबारे नेपाली सेना र परराष्ट्र मन्त्रालय दुवैलाई जानकारी छैन । सेनाका प्रवक्ता एवं सहायक रथि सन्तोषबल्लभ पौडेलले भ्रमणबारे आफूहरुलाई जानकारी नरहेको बताए । त्यस्तै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भ्रमणबारे जानकारी नभएको बताइन् । भारतीय दूतावासका एक उच्च अधिकारीले पनि ‘रअ’ प्रमुख काठमाडौं आएको आफूलाई जानकारी नभएको भन्दै, हासे ।

वाइसीएलका अध्यक्षमा पुष्प ओली

एकीकृत समाजवादीद्वारा कानुनविद्हरूसँग छलफल

विपद् व्यवस्थापनमा स्थानीय तह र समुदायबीच सहकार्य जरुरी छ : मुख्यमन्त्री आचार्य

उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन : महामन्त्री थापा

मुख्यमन्त्रीलाई बुझाइयो प्रशासनिक संरचना पुनरावलोकन समितिको प्रतिवेदन

‘मानव सभ्यता प्रकृतितर्फ फर्क’ भन्ने पूर्वीय दर्शन महत्वपुर्णः कांग्रेस नेता महर

श्रम मन्त्री भण्डारी जेनेभा प्रस्थान

प्रतिक्रिया