कुनै बाध्यताका कारण संविधान मिच्न पाइदैन : नारायणकाजी श्रेष्ठ

काठमाडौं : राष्ट्रिय सभा सदस्य नारायाणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ठाडो उल्लंघन गरेर प्रतिनिधि सभा विघटन गरेको बताएका छन् । शुक्रबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै श्रेष्ठले प्रधानमन्त्री ओलीको उक्त कदमले प्रतिगमनको आधार तयार गरेको बताए ।
‘संविधानको ठाडो उल्लंघन गरेर असंवैधानिक कदम चालियो । प्रतिनिधि सभा विघटन गरियो । यसले प्रतिगमनको आधार तयार गर्ने त होइन भन्ने आशंका उत्पन्न भएको छ,’ उनले भने ।
संविधानमा प्रतिनिधि सभा विघटन गर्ने कुनै विशेषाधिकार प्रधानमन्त्रीलाई नभएको उनकोे भनाइ छ । ‘संविधानमा प्रधानमन्त्रीलाई विघटन गर्ने कुनै अधिकार छैन । कुनै बाध्यताका कारणले संविधान मिच्न पाइदैन,’ उनले भने ।

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छः प्रधानमन्त्री ओली

बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ : मुख्यमन्त्री कँडेल

देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : महासचिव पोखरेल

राजनीतिप्रति युवाहरूको वितृष्णा बढ्यो, आकर्षणमा बदल्नु मुख्य चुनौती : शेखर को…

‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’

पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : महासचिव पोखरेल

आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्छः सभापति देउवा

प्रतिक्रिया