स्याउ उत्पादन १९ प्रतिशतले घट्यो

जुम्ला– जुम्लामा यो वर्ष छ हजार मेट्रिक टन स्याउ उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्अनुसार यसवर्ष जिलामा छ हजार १७० मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको हो ।
स्याउ उत्पादनको तथ्याङ्क गत वर्षभन्दा यो वर्ष १९ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा ६ हजार १७० मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा ६ हजार २१० मेट्रिक टन स्याउ उत्पादन भएको कार्यालयले जनाएको छ ।
जिल्लाको कूल खेतीयोग्य जमिन ३९ हजार ४३५ हेक्टर छ । यसको चार हेक्टर जमिनमा गरिएको स्याउखेतीमध्ये एक हजार ८८८ हेक्टरमा मात्रै स्याउ फलेको थियो । गत आव. २०७७÷७८ मा तीन हजार ८८५ हेक्टर जमिनमा गरिएको स्याउ खेतीमध्ये एक हजार ५५४ हेक्टर जमिनमा स्याउ उत्पादन भएको कार्यालयले तथ्याङ्कले देखाएको छ । यस वर्ष जिल्लाबाट एकहजार ९०० क्विन्टल निर्यात भएको कार्यालयले जनाएको छ ।

गण्डक नहरबाट पर्याप्त पानी उपलब्ध नहुँदा रोपाइँ गर्न समस्या

जुम्लामा चट्याङबाट १९७ भेडा मरे

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

किसानलाई रु ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री
कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

बागलुङका पाँच किसान पुरस्कृत

प्रतिक्रिया